Comments Add Comment

डोटी भुकम्प अपडेट : ६ जनाको मृत्यु, दर्जन बढी घाईते

डोटीमा गएराती करिब २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा ६ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको अध्यक्ष उपाध्यायले बताए । गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताइरहेका छन् ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै