Comments Add Comment

मध्यराती डोटीमा ६.६ म्याग्निच्यूडको भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु, थप विवरण आउँन बाँकी

डोटीमा गएराती करिब २ बजेतिर ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाको टोली खटिएको छ भने थप विवरण आउन बाँकी छ । यसअघि गएराती ९ बजे डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै