लागुऔषध सहित हेटौंडाबाट तीन युवक पक्राउ परेको छ । मकवानपुर प्रहरीले हेटौडा –१० बसपार्क टिसियनरोडबाट विभिन्न प्रकारका लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटोंडा–१२ का २३ वर्षीय रोशन लामा, सोही वडाका २६ वर्षीय अनिल घलान र हेटौंडा–१२ कै ३३ वर्षीय सुमन परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार उनीहरुलाई ९ पत्ता (९०पिस ट्याब्लेट), ट्रमाडेक्स ३५पत्ता (३५० पिस ट्याब्लेट) गाजाँ १००/१५० ग्राम सहित पक्राउ गरिएको हो । तीनै जनालाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।