2025-12-07 9:12 am

हार्दिक बधाई ! दुवै हत्केला नभएकी १० वर्षीया बालिकाले जितिन् हस्तलेखन प्रतियोगिता !

अमेरिकामा दुवै हत्केला नभएका १० वर्षीया बालिकाले राष्ट्रिय हस्तलेखन प्रतियोगिता जितेर फरक क्षमता भएकाका लागि समेत प्रेरणा बनेकी छिन् । साथै उनी बेसबल खेल्न, साइकल चलाउन र मूर्ति बनाउन पनि शौखिन छिन् ।दुवै हत्केला नभएका अमेरिकाको मेरिलाण्डस्थित १० वर्षीया सारा हिनेस्लेले राष्ट्रिय हस्तलेखन प्रतियोगिता जितेकी हुन् । कृत्रिम हत्केला समेत प्रयोग नगर्ने उनी सुन्दर अक्षर लेख्छिन् । बेसबल खेलको उद्घाटन गर्ने मौका पाएकी उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र मूर्ति बनाउन शौखिन छिन् ।

चीनमा जन्मेर ६ वर्षको उमेरमा अमेरिकी दम्पतीले धर्मपुत्रीको रूपमा अपनाएका उनलाई हत्केला नभए पनि आफूलाई इच्छा लागेको काम गर्न रोकेन । साराले विशेष अवस्थाको बालबालिबाहरुको श्रेणीमा निर्णायकहरुलाई आफ्नो सुन्दर अक्षरबाट प्रभावित पारिन् । वकिल बन्न चाहने साराले कलम समाउने आफ्नै तरिका बनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad