Breaking
7 Dec 2024, Sat

श्रीलंकाका राष्ट्रपति देश छाडेर भागे

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् ।

राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् । बीबीसी लगायत अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार राष्ट्रपति राजापाक्षे सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानीमा मागे पुगेका छन् । राजापक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापक्षे परिवारको शासन अन्त्य भएको बीबीसीले टिप्पणी गरेको छ ।

Ad
Ad