Comments Add Comment

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा शिवाकोटी

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएकी छन् ।काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा अभिनेत्री वर्षाले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन् ।

अभिनेत्री वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । त्यसोत, केही समय अगाडि मात्रै अमेरिका पुगेर वर्षा फर्किएकी थिइन् । आशिष पेशाले इन्जिनियर हुन् ।

विवाह समारोहमा परिवारका सदस्य, आफन्त र साथीहरुको उपस्थिति रहेको बताइएको छ । विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको पनि बताइएको छ ।

‘नाइँ नभन्नु ल २’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री वर्षाले ‘पशुपतिप्रसाद’, ‘वीर विक्रम २’, ‘लप्पनछप्पन २’, ‘पुरानो बुलेट’लगायतमा काम गरेकी छन् ।

May be an image of flower and text that says 'Got married WE ARE EXTREMELY DELIGHTED TO ANNOUNCE THAT WE OFFICIALLY TIED THE KNOT ON APRIL 22, 2022 IN THE PRESENCE OF OUR IMMEDIATE FAMILY IN A PRIVATE CEREMONY. AS WE ENTER A NEW CHAPTER OF OUR LIVES, WE WOULD LIKE TO THANK YOU ALL FOR THE LOVE AND SUPPORT YOU HAVE GIVEN US OVER THE YEARS. WITH LOVE, ASISH & BARSHA'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर