Comments Add Comment

कनेक्ट आइपीएसबीच फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले connectIPS e-payment प्रणालीमा usersबीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा शुरु गरेको छ । सीमित अवधिका लागि शुरु गरिएको सो सुविधा अन्तर्गत connectIPS क्प्रणालीमा आफ्नो बैंक खाता link गरी verify गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको कम्पनीले जनाएको छ । connectIPSका ग्राहकहरुलाई सिधैं आफ्नो बैंक खाताबाट रियल–टाइम फण्ड ट्रान्सफरगर्न थप सुविधा भएको  छ ।

एनसीएचएलले ५३ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्नconnectIPS e-payment प्रणाली संञ्चालन गरिरहेको छ । यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।

बैंकका ग्राहकले connectIPS प्रणालीमा आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई link तथा verify  गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले www.connectips.comमा गएर अथवा मोबाईल एप्सको प्रयोग गरी अथवा सेवा प्रदायकहरुको पोर्टलमा connectIPSको  पेमेन्ट प्रोसेसर (गेटवे)मा गएर भुक्तानी गर्न सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर