नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला एक हजार नौ सयले बढेको छ । एक हजार नौ सयले बढेसँगै बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलाको ९९ हजार रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४० रुपैयाँको दरले बढेर एक हजार ३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।