मनकामना दुग्ध सहकारीको सभा, ६ करोड ९९ लाखको दुध विक्री

हेटौंडा – मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३४ औं वार्षिक साधारण सभा मंगलबार भएको छ । संस्थाले आव २०७७/०७८को वार्षिक कारोबार सहित भावी कार्य योजनाहरु प्रस्तुत गर्दै सभा सम्पन्न गरेको छ । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी मन्त्रालयका राज्यमन्त्री ईन्द्रमाया गुरुङको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष अर्जुनप्रसाद दहालको सभाध्यक्षतामा सभा भएको थियो ।

सहकारीले ६ करोड ९९ लाख २४ हजार ९८८ रुपैयाँको दुध विक्री गरेको छ भने आफ्ना शेयर सदस्यलाई २ करोड ५० लाख ९८ हजार ४५६ रुपैयाँ कर्जा लगानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

३७३ जना शेयर सदस्य रहेको संस्थाको १३ लाख ७३ हजार ६ सय शेयरपुजीँ रहेको छ । संस्थामा बचत निक्षेप भने १ करोड ७३ लाख १४ हजार एक सय रहेको छ ।

साधारण सभाको अवसरमा सहकारीले दुध विक्री गर्ने किसानलाई सम्मान गरेको छ । सबैभन्दा धेरै दुध विक्रीगर्ने ५ जनालाई दुधको क्यान पुरस्कार दिइएको छ । पुरस्कृत हुनेमा प्रथम प्रेमप्रसाद दहाल (३४,७८६.२ लि.), द्धितिय नरेन्द्र लम्साल (२४,४९२.३ लि.), तृतीय अर्जुनप्रसाद दहाल (२४२६७.३लि), चौथो उपेन्द्र प्रसाद दहाल(२०,००१.१ लि.) र जनजाति तर्फबाट बढी विक्री गर्ने सानुकान्छा वाईवा(१६९८९.७ लि.) रहेका छन् ।

सहकारीले गुणस्तर दुध विक्री गर्ने अनिता सापकोटा, असल ऋणी राधिका अर्याल, बढी कारोबार गर्ने शुभद्रा बजगाई र मुकुन्द प्रसाद दहाल समेत पुरस्कृत भएका छन् ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, सहकारीका सल्लाहकार बद्रीप्रसाद लम्साल, संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दहाल, पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल, अनिरुद्र प्रसाद दहाल, सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, हिमाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जानुका दहाल, भानु माविका अध्यक्ष मानकुमारी पाख्रिन, गाउँपालिकाका पशुशाखा प्रमुख सत्यनारायण शाह, रानी सामूदायिक वन समूहका उपाध्यक्ष केशव धिताल, संस्थाका उपाध्यक्ष केदार प्रसाद लम्साल, लेखा समिति संयोजक भोलाप्रसाद दहाल लगायतको अतिथ्यता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad