काठमाडौं–  बिकाश लामिछाने र बिना राउत बीचको अन्स्क्रिन रोमान्सलाई प्रस्तुत गरिएको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायक बिक्की परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ।

टिका दाहालले संगीतवद्द गरेको गीतमा राहुल प्रधानको  संगीत संयोजन रहेको छ। कालिञ्चोकमा छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन्।   भिडियोमा  दिन्सन शाहको  सम्पादन रहेको छ ।

केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियो दर्शक सोर्तालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू