नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मकवानपुरका दुईजना चयन भएका छन् । बागमती प्रदेशकी मन्त्री समेत रहेकी कुमारी मोक्तान र मकवानपुरकी मानकुमारी नेपाली केन्द्रिय सदस्यमा चयन भएकी छिन । कुमारी मोक्तानले मकवानपुरबाट आफु र मानकुमारी नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भएको बताईन् । नेकपा माओवादी केन्द्रले आफुहरुलाई विश्वास गरेर केन्द्रीय सदस्यमा निर्वाचित गरेको उनले बताईन् ।