नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा अन्य पदको मतगणना बिहीबारबाट गरिने भएको छ। कांग्रेसको निर्वाचन समितिका अनुसार बिहिबारबाट मतगणना गर्ने निर्णय गरेको हो । सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना सुरु गरिएको थियो । बुधबार बिहान सम्पन्न मतगणना अनुसार शेरबहादुर देउवा विजयी भएका छन् । निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो।