Comments Add Comment

यस्तो छ देशभरको ३ दिने मौसम पूर्वानुमान

मौसम पूर्वानुमान शाखाले शुक्रबार देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। 

काठमाडौंमा बिहान सबेरैदेखि वर्षा भइरहेको छ। विभागले देशका पश्चिमी र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको आफ्नो नियमित मौसमपूर्वानुमानमा जनाएको छ।

विभागले मनसुनी न्यून चापिय रेखा औषत स्थान आसपास अवस्थित रहेको र यो अति नै सक्रिय रहेको जनाएको छ। उसका अनुसार उत्तर ओडिशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली बनेकाले अहिलेको अवस्था आएको हो।

विभागले आज शुक्रबार देखि आइतबारसम्म मौसम बारेमा निम्न अनुमान गरेको छः

भाद्र २० गते (शुक्रबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ साथै पश्चिमि र मध्य  भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै पश्चिमि र मध्य  भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

 भाद्र २१ गते (शनिबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भाद्र २२  गते (आइतबार )

 दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही  थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर