कञ्चनपुर भीमदत्त नगरपालिका–१३ बडैपुरस्थित श्रीशिद्धनाथ माबिको कक्षा कोठा फोडी ल्यापटप, प्रोजेक्टरसहितका सामग्री चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार राति विद्यालयको कार्यालय प्रमुख कक्ष र कम्य्युटर कक्षको ताला तोडी एक थान ल्यापटप, एक थान प्रोजेक्टर, एकथान मनिटर, एकथान ऋएग् लगायतका विभिन्न सर(समान चोरी भएको थियो । प्रहरीले बिहीबार भीमदत्त नगरपालिका–१३ पिपरीयाबाट चोरी भएका सर(समानसहित स्थानीय मोहित ठगुन्ना, महेन्द्र बि।क। र सुभम भट्टलाई पक्राउ गरेको हो ।