राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि सुरु हुँदै छ। पर्सिसम्म काठमाडौंको भृकुटीमण्डप हुने महाधिवेशनको आज विहान ११ बजे उद्घाटन हुने छ। फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताको महाधिवेशनमा केन्द्रित बनेको हो।

महाधिवेशनमा पुरानो र नयाँ पुस्ता भिडन्तमा छन्। राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षमा आफूलाई दोहोर्याउने भएका छन् भने उनलाई राजेन्द्र लिङ्देनले चुनौति दिन लागेका छन्। राप्रपामा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तिमा नौ जना र सक्रियता सदस्य बढि भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि छन्। संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्रको पक्षमा उभिँदै राप्रपाका दुई अध्यक्ष यहि एजेण्डा बोकेर अधिवेशनमा होमिएको छ।