नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटिले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

आईतबार क्याम्पस अगाडी सडकमा पुत्ला दहन गर्दै मूल्य वृद्धिको बिरोध गरेको हो । सरकारले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ७५ रुपैँया तथा पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्य वृद्धि गरेपछि अनेरास्ववियुले देशभर आन्लोलन गर्दै आईरहेको छ । अनेरास्ववियुले शनिबार हेटौँडामा मसाल जुलुस गरेको थियो । सरकारले जनतालाई मारमा पर्नेगरि मूल्य वृद्धि गरेपनि आफुहरु आन्दोलित भएको अनेरास्ववियु मकवानपुर बहुमुखी क्यापसका संयोजक आशिषकुमार रौनीयारले बताए ।