माैसम : देशभर सामान्य बदली रही केही स्थानमा चट्याङसहित वर्षाकाे सम्भावना

काठमाडौं – हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

हालको मौसम

ya thau khali xa

हाल प्रदेश न १ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य वदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएकाे छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि परामर्श 

देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
प्रतिक्रिया
Loading...