Comments Add Comment

कक्षा १२ को परीक्षा आजदेखि

कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार भौतिक उपस्थितिमै परीक्षा हुन लागेको हो। परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन्। बोर्डका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको र ४ हजार ३१५ वटा परीक्षा केन्द्र तय भएको बोर्डले जनाएको छ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो। तय भएको परीक्षा तालिका कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो। सरकारले प्रवेशपत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ। गत वर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर