१. पक्कै पनि हामीलाई गिफ्ट र सरप्राइज मनपर्छ तर तपाईंको मनले चाहेर गरेको कुराहरु हामीलाई सबैभन्दा मनपर्ने कुरा हो ।
२. शरिरको साथसाथै दिमाग पनि हुन जरुरी छ । जिम्मेवार र बुद्धिमान पुरुषहरु महिलाको रुचीमा पर्ने गर्दछन् ।
३. कुरा गर्ने अलावा हामीलाई माया र केयर गर्नुहुन्छ भनेर देखाउनुहोस् । सन्देश आदान प्रदान गर्न र हाम्रो परिवारसँग भेट्न समय दिनुहोस्।
४. हामीलाई माया गर्नुस्, आदर गर्नुस् र हाम्रो कुराहरु सुन्नुहोस् । यति गर्नुभयो भने हामी सधैँ तपाईंको हुनेछौँ ।
५. तपाईं हाम्रो लागि जति महत्वपूर्ण भए पनि हामी हाम्रो आत्म सम्मानमा सम्झौता गर्न सक्दैनौँ ।
६. सपिङ हाम्रो जन्मसिद्ध अधिकार हो र त्यसलाई हामीले पाउनुपर्छ । कृपया यसलाई हाम्रो विलासिता नसम्झि आवश्यकता ठान्नुहोस् । हामीहरु तपाई्रंकै राम्रोका लागि पनि यसो गर्ने गर्दछौँ ।
७. पुरुषलाई जस्तै महिललाई पनि आफ्नो करियर महत्वपूर्ण हुन्छ, त्यसलाई सम्मान गर्नुहोस् ।
८. कहिलेकाँही हामीलाई काँध र समस्या सुन्ने कानको आवश्यक पर्छ । दार्शनिक बनेर समस्याको समाधान गर्न नखोज्नुहोस् ।
९. झुटो कुरा नबोल्नुहोस् । विश्वास गर्नुहोस्, महिलाले झुटो बोलेको थाहा पाइहाल्छन् । झुटो कुरा बोलेर महिलालाई पट्याउन सक्छु भन्ने सोच्दैहुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।
१०. महिलाहरु तपाईं जत्तिकै सक्षम छन् अझ कोही त अझ बढि हुनुहुन्छ त्यसरी नै व्यवहार गर्नुहोस् ।