खुट्टाको औला हेरेर यसरि थाहा पाउनुहोस कसको चरित्र कस्तो हुन्छ ?

अनलाइन पत्र संवाददाता२०७६-०३-२१ No Comments

 जसरि कसैको हस्तरेखा हेरेर उसको बारेमा केहि बताउन सकिन्छ त्यस्तै मानिसको चरित्रलाई खुट्टाको औंलाले संकेत गर्छ भन्ने गरिन्छ ।ठूलो औंला: खुट्टाको ठूलो औंला वा पहिलो औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट र क्रियटिभ स्वभावका हुन्छन् । समस्याको छिट्टै समाधान गर्न सक्छन् ।त्यसैगरी तपाईंको ठूलो औंला अरु औंलाभन्दा सानो छ भने, एकै समयमा धेरै काम गर्न सक्ने क्षमताको संकेत गर्छ ।दोस्रो औंला: खुट्टाको दोस्रो औंला लामो हुने मानिसहरु लीडर बन्न सक्ने गुण भएका हुन्छन् । यीनीहरुमा गतिशिल र सृजनात्मक गुण हुन्छ ।

तेस्रो औंला: खुट्टाको तेस्रो औंला लामो भएका व्यक्तिहरु आफ्नो काममा उर्जावान र सिपालु हुन्छन् ।यीनीहरु जीवनमा पूर्णता चाहन्छन् ।र यीनीहरुले जीवनमा धेरै चीज प्राप्त गर्छन् ।आफ्नो कामको लागि परिवार ,प्रेम र मनोरञ्जनलाई पनि बिर्सन सक्ने यीनीहरुको नराम्रो स्वभाव हुन्छ ।त्यसैगरी तेस्रो औंला सानो भएका व्यक्तिहरुले भने जीवन धेरै रमाईलो पूर्वक बिताउँछन् । यीनीहरु जीवनमा काम गर्न भन्दा आराम लिनमा रुची राख्छन् ।चौथो औंला: चौथो औंला लामो भएका व्यक्तिले आफ्नो परिवारलाई निकै नै महत्वपूर्ण मान्छन् । यदि तपाईंको चौथो औंला घुमाउरो किसीमको छ भने , प्रेमसम्बन्ध निकै नै नराम्रो हुन्छ ।

चौथो औंला: सानो भएका व्यक्तिहरुका लागि परिवार र सम्बन्ध त्यति महत्वपूर्ण हुदैन ।सानो औंला: अन्तिम औंला सानो भएका व्यक्तिहरुको स्वभाव बच्चाको जस्तो हुन्छ । यीनीहरु जिम्मेवारी बहन गर्न मनपराउँदैनन् । र चाडैं निराश हुने गर्छन् । यस्ता व्यक्तिहरु रमाईलो गर्न मनपराउँछन् ।सानो औंलालाई हल्लाउन सक्ने व्यक्तिहरु साहसी र आर्कषक हुन्छन् भने हल्लाउन नसक्ने व्यक्ति इमान्दार हुन्छन् ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Chat Icon
Ad
Ad