Comments Add Comment

तीजकै दिन खुर्पाले हानेर श्रीमतिको हत्या

रुकुम पश्चिममा खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षीय नविन खड्काले २५ वर्षीया श्रीमति कमला बुढाथोकी खड्काको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अत्याधिक मदिरा सेवन गरी तीजको दिन बेलुकी ८ बजेको समयमा नविनले श्रीमति कमलाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । 

श्रीमतिको हत्या गरी फरार भएका नविनलाई मंगलबार विहान सवा २ बजेको समयमा घर नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी खड्काले बताए । 

उनीसंगै श्रीमतिलाई प्रहार गरेको खुर्पासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । के कारणले उनले श्रीमतिको हत्या गरेका हुन् भन्ने खुलि नसकेको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर