Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

Company Register

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।खनालको ज्वरो कम हुँदै गएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनले भने, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ ।’सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने काम भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य जस्तो गम्भीर विषयमा जथाभावी नबोल्न उनले आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट गलत सन्देश प्रवाह गर्ने व्यक्तिलाई कारबाही गर्न पनि भट्टराईले माग गरेका छन् ।

Advertisement

बुबाको उपचारका लागि सँगै रहेका छोरा निर्भिक चित्रकार खनालले पनि स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिएका छन् । उनले चिकित्सकको उच्च निगरानीमा रहेको बताउँदै स्वास्थ्यमा सुधार भइरहेको बताए ।नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...