काठमाडौं – नेपाली बजारमा पछिल्लो दिनहरुमा सुनको मूल्य घट्दै गइरहेको छ । बुधबार पनि सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । 

मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँमा नै कायम रहेको महासंघले जनाएको छ ।