Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा जारी निषेधाज्ञा एक हप्ता थप ,अब बैंकहरु प्रत्येक दिन खुल्ने

Company Register

मकवानपुरमा जारी निषेधाज्ञा थप १ हप्ता बढाईएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले प्रमुख जिल्ला अधिकारीलाई एक हप्ता निषेधज्ञा थप्न सिफारिस गरेको हो । बैठकले निषेधज्ञालाई असार १ बाट थप एक हप्ता बढाउने निर्णय गरेको हो । निषेधाज्ञा भने अलि खुकुलो बनाउने भएको छ । बैठकले असार १ गतेबाट खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य पसलहरु बिहान १० बजेसम्म सञ्चालन हुने छ । यो बाहेक स्टेस्नरी, मोवाईल, अटो, मोटरसाईकल मर्मत सेन्टर पनि बिहान सोहि समयमा सञ्चालन हुनेछन् । यसअघि हप्तामा ३ दिनमात्र खुल्ने गरेको बैंकहरु असार १ गतेदेखि प्रत्येक दिन बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन हुने छ । बैठकले सहकारीको हकमा बजारमा पैसा संकलन गर्न भने नपाईने निर्णय गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...