Menu

बंगलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

बंगलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ।सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरीद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो। जिटुजी सम्झौताअनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ। तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताए। बाँकी मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउनेछन्।

सम्झौताअनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरिसक्नुपर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाइ भएको प्रबन्धक केसीले बताए। उनका अनुसार बाँकी रहेका मल छिट्टै उपलब्ध गराउन नेपाल सरकार तथा बंगलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ। धानको सिजनमा मल अभाव हुन नदिन बंगलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल २ हजार ७ सय मेट्रिकटन, डिएपी एक हजार ४ सय २ मेट्रिकटन र पोटास एक हजार २ सय ८० मेट्रिकटन मौज्दात अवस्थामा छ।

मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ। पर्सा जिल्लास्थित १ सय ३१ थोक विक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ। सो कार्यालयले थोक बिक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ। विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानलाई मल बिक्री गर्ने गरेको छ। कतिपय विक्रेताले किसानसंग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासोसमेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारबाही गर्नुपर्ने किसानको माग छ। पर्सामा ९० प्रतिशत किसान व्यावसायिक रूपमा धान खेती गर्दै आएका छन्। पर्सामा कुल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad