सुनको भाउ ओरालो लाग्नेक्रम जारी

अनलाइन पत्र संवाददाता२०७७-०५-०९ No Comments

काठमाडौं – सुनको भाउ मंगलबार पनि घटेको छ । यस दिन सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने सोमबारकै स्थिर अर्थात प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । 

Ad
Ad