Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षा क्षेत्रमा ८ अर्ब ९६ करोडले बढ्यो बजेट

Company Register

नेपाल सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । यो गत वर्ष २०७७र०७८को बजेट रकम भन्दा ८ अर्ब ९६ करोड ९० लाखले बढी हो । शनिबार अर्थमन्त्रि विष्णु पौडेलले बजेट वक्तव्य जारी गर्दै आगामी आर्थिक वर्षको लागि शिक्षा मन्त्रालयलाई उक्त रकम छुट्याइको बताए । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने भएको छ । त्यसको लागि १० अर्ब बजेट विनियोजन गरेको छ । त्यस्तै विद्यालय तहका कमर्चारीको तलब न्यूनतम तलब १५ हजार बनाएको छ ।

Advertisement

प्रारम्भिव बालविकास केन्द्रका शिक्षिका र विद्यालय तहका कर्मचारीलाई सरकाले निर्धारण गरे बमोजिम न्यूनतम १५ हजार रूपैयाँ तलब उपलब्ध गराउने अर्थमन्त्री पैडेलले बताए । सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिका वृद्धि गरी ८ हजार रुपैयाँ पुर्‍याएको र न्यूनतम पारिश्रमिकमा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने व्यवस्था मिलाईएको उनको भनाइ छ । सरकारले यसका लागि ५ अर्ब ५५ करोड रकम विनियोजन गरेको छ । त्यस्तै देशभरका ७७ जिल्लाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न सरकारले आगमी वर्षका लागि ८ अर्ब ७३ करोड विनियोजन गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...