काठमाडौं – आज नेपालमा गणतन्त्र दिवस मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्ष  पनि कोरोना संक्रमणको उच्च जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन ।