Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोना संक्रमणबाट गायक तथा संगीतकार जनम थुलुङको निधन

Company Register

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण कुशल गायक, गीतकार तथा संगीतकार जनम थुलुङको निधन भएको छ । केही साता अगाडि मात्रै कोरोना पुष्टि भएपछि ललितपुरस्थित एक अस्पतालमा उपचाररत गायक थुलुङको विहीबार राति निधन भएको हो ।

Advertisement

कोरोना संक्रमित गायक थुलुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विगत दुई दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो । वि.सं. २०४४ सालमा खोटाङको एैसेलुखर्क गाउँपालिको राई गाउँमा जन्मिएका गायक थुलुङ विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील थिए ।

गायक थुलुङको ‘मरे कटुन्जे’, ‘खुवालुङ खुल’, ‘संजोगले भेट हुँदा आँशु खस्यो’, ‘रोक्नी वो च्योमिम’, ‘झापाकोङ्ङका डुमुबासी’, ‘बक्की बक्की स्यो’, ‘हाम बामु झाम गुई’, ‘गाउँमै छुट्यो’लगायतका गीतहरु चर्चित छन् ।

गायक थुलुङलाई गीत÷संगीतमार्फत् किराती संस्कृती, सभ्यताको संरक्षण र प्रवद्र्धन गर्ने अभियन्ताका रुपमा चिनिन्थ्यो । उनले २०७० सालमा थुलुङ भाषाको आफ्नो पहिलो एल्बम ‘आलास्यो’ र दोस्रो ‘माम पाप’ सिर्जना गरेका थिए । त्यस्तै, उनले २०७२ मा पहिलो नेपाली भाषाको एल्बम ‘दृश्य’ सार्वजनिक गरेका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...