नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर गाउँपालिकाले आज दोस्रो दिन पनि शिक्षक तालिम प्रशिक्षण सम्पन्न गरेको छ । पालिकाभर प्रविधीमा आधारित शिक्षक तयार पार्ने उद्धेश्यले संगठनले यस्तो तालिम सञ्चालन गरेको बताएको छ । शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछानेको प्रमूख आतिथ्यता तथा जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यतामा प्रशिक्षण सम्पन्न भएको हो । डिजिटल जुम मिट मार्फत सम्पन्न भएको कार्यक्रम संगठन इन्द्रसरोवर अध्यक्ष मान बहादुर स्याङ्तानको अध्यक्षतामा भएको हो ।
कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको लकडाउनलाई पनि रचनात्मक र प्रविमैत्री बनाउँन संगठनको गतिविधिलाई सक्रिय पारिएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । उद्घाटन सत्र र प्रशिक्षणात्मक सत्र गरि २ चरणमा भएको कार्यक्रममा देशभरका झण्डै १ सय २५ शिक्षकहरुले भाग लिएका थिए । प्रशिक्षणात्मक सत्रलाई भने शिक्षक संगठन राष्ट्रिय समिति ICT ब्यूरो प्रमूख केशवराज घिमिरेले ले सहजीकरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथी लामिछानेले कोरोना भाईरस कोभिड १९ को संक्रमणमा परी देशभरका सयौं शिक्षकले ज्यान गुमाउनुपरेको प्रति गहिरो दुख ब्यक्त गर्नुभयो । अग्रभागमा खटेर राष्ट्रको दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षकलाई सरकारले कोभिड खोप उपलब्ध नगराएका कारण ठूलो क्षती ब्योहोर्नुपरेकोमा कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण समेत गर्नुभयो ।
यता विशेष अतिथी श्रीराम दाहालले भने संक्रमणमा रहेका देशभरका तमाम शिक्षक कर्मचारीहरुलाई यथासीघ्र निशुल्क खोप र उपचारको ब्यवस्था गर्न सरकारसंग अपिल गर्नुभएको हो । दाहालले संगठन इन्द्रसरोबर पालिकाले सञ्चालन गरेको कार्यक्रममा देशभरबाट सहभागी हुन आउनुभएका शिक्षक कर्मचारीप्रति आभार समेत प्रकट गर्नभएको छ ।
यता प्रशिक्षक केशवराज घिमीरेले अबका शिक्षक ICT मैत्री हुन नसकेमा शिक्षक पेशा नै फलदायी नहुने बताउँदै सबैलाई यसप्रति निरन्तर लागिपर्न र प्रविधीमैत्री हुन आग्रह गर्नुभएको छ । अहिले प्रचलनमा आएको जुम कसरी कक्षाकोठासम्म पुर्याउने र त्यसलाई कसरी निशुल्क रुपमा प्रयोग गर्ने भन्नेबारे घिमिरेले सहजीकरण गर्नुभएको हो ।
इन्द्रसरोबर CNT संस्थागत सहसचिव कुमार रुम्वाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति पूर्वमहासचिव रमाकान्त सापकोटा, सिन्धुली अध्यक्ष पुरुषोत्तम पहाडी, कर्णाली प्रदेशबाट पूर्णबहादुर डाँगी, रौतहट अध्यक्ष धर्मेन्द्र सिंह, रसुवा अध्यक्ष आङ् मायाँ शेर्पा, मकवापुर सचिव पुरुषोत्तम आचार्य, पर्वत जिल्ला सचिव सुरेन्द्र शर्मा गौतम मकवानपुर कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, केन्द्रिय प्रतिनिधी लक्ष्मी रिमाल, निबृत्त शिक्षक सामाज केन्द्रिय प्रचार विभाग प्रमूख अभिमन्यू गौतम, मकवानपुर सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, सचिव गोपिरमण प्याकुरेल , थाहा नगर अध्यक्ष रुपचन्द्र गोपाली, वागमती सचिव टेक बहादुर जर्गा मगर लगायतको उपस्थिती रहेको थियो । संगठनका गाउँकमिटि पूर्व अध्यक्ष मधुकर कार्की ले स्वागत गर्नुभएको कार्यक्रममा देशरबाट करिव १ सय २५ जना शिक्षकको सहभागिता रहेको थियो ।
इन्द्रसरोवर पालिकाका अध्यक्ष जीवन लामाको प्रमूख आतिथ्यतामा भोलिपनि जारी रहने इन्द्रसरोवर पालिकाको कार्यक्रममा शिक्षक संगठन ICT ब्यूरो प्रमूख केशवराज घिमिरेले नै सहजीकरण गर्नुहुने जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।