Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

इसेवाबाट जीवन बीमा शुल्क भुक्तानीमा आकर्षक नगद उपहार

Company Register

काठमाडौं –  इसेवाबाट जीवन बीमाशुल्क बुझाँउदा अब बीमितहरुले आकर्षक नगद उपहार पाउने भएको छ । हाल विश्वभर फैलिरहेको कोरोना महामारीको बिषम परिस्थतीमा बीमितहरुलाई अनलाईनबाटै बीमाशुल्क भुक्तानी गर्न प्ररित गर्न यस्तो सुविधा ल्याएको हो ।

Advertisement

इसेवाले ल्यायो बीमितहरुको लागि यस्तो इन्सेन्टिभ अफर .

कारोबार संख्या प्रति महिना इन्सेन्टिभ प्रति कारोबार (रु)
०-१९
२०-४९ ५०
५०-९९ ७५
१०० वा सो भन्दा बढी १००

हाल इसेवासँग आवद्ध भएका बीमा कम्पनीहरुका बीमितहरुले यस्तो सुविधा पाउनेछन् । इसेवामा १५ वटा जीवन बीमा कम्पनीहरुको सहकार्य रहेको छ। यो योजना २ महिना ( २०७८ जेष्ठ १ देखि आषाढ ३१ सम्म) का लागि लागु हुने कम्पनीले जनाएको छ ।

यस योजना मार्फत मासिक रुपमा इन्सेन्टिभ प्रदान गरिने छ ।यस योजनाको इन्सेन्टिभ हरेक नेपाली महिनामा गणना भई ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइने इसेवाले जनाएको छ।

साथै आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्ने कम्पनीले जनाएको छ ।

केही समय अगाडी इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्दा, आकर्षक नगद उपहार साथै मोबाईल जित्ने योजना ल्याएका थियो ।सो योजनामा बीमितहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै  पुनः सोही योजना ल्याएको कम्पनीले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...