Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गोदरेज होम एप्लाएन्सले ल्यायो नयाँ वर्षको अफर, पाउनस १८ हजासम्मको तुरुन्तै क्यासब्याक

Company Register

काठमाडौं – गोदरेज होम एप्लाएन्स नेपाली बजारमा उपलब्ध होम एप्लाएन्स ब्रान्डहरुमध्ये एक चिरपरिचित ब्रान्ड हो ।

Advertisement

गोदरेज होम एप्लाएन्स नेपालले नयाँ वर्ष २०७८ को शुभ–अवसरमा विशिष्ट क्यासब्याक अफर लिएर आउँदैछ ।

रेफ्रिजेरेटर, वासिङ्ग मेशिन, माईक्रोवेभ ओभन, चेस्ट फ्रिजर, एयर कुलर, भाइरोसिल्ड, आदि गोदरेजका विश्वस्तरीय होम एप्लाएन्सहरु हुन् ।

नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरुले यहि चैत्र ११, २०७७ देखि गोदरज होम एप्लाएन्सका सामानहरु खरिद गर्दा े रु. १८,००० सम्मको क्यासब्याक तुरुन्तै पाउन सक्नेछन् ।

जस अन्तर्गत १० वर्षको वारेन्टी भएको रेफ्रिजेरेटरको खरिदमा रु. १७,९०० सम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी भएको चेस्ट फ्रिजरमा रु. १८,००० सम्मको क्यासब्याक हुनेछ ।

यस्तै, १० वर्षको वारेन्टी भएको वासिङ्ग मेशिनमा रु. १३,१०० सम्मको क्यासब्याक र एक्स्ट्रा वासिङ्ग पाउडर सित्तैमा, माईक्रोवेभ ओभनमा रु ६,९०० सम्मको क्यासब्याक, एयर कुलरमा रु ३,५०० सम्मको क्यासब्याक हुनेछ ।

केही समयअघि मात्रै नेपाली बजारमा ल्याइएको कोभिड–१९ तथा अन्य रोग सार्ने कीटाणुको ९९प्रतिशत भन्दा बढी विसंक्रमीकरण गर्ने युभीसि टेक्नोलोजीबाट निर्मित भाइरोसिल्डको खरिदमा रु. ३,७०० सम्मको क्यासब्याक पाईने कम्पनीले जानकारी गराएको छ ।

नयाँ वर्षको समयमा आफ्नो घरका लागि प्रिमियम तथा वातावरणमैत्री होम एप्लाएन्स खरिद गर्न चाहनेहरुका लागि गोदरेजको यो अफर निकै नै उत्कष्ट रहेको पनि बताइएको छ ।

यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...