काठमाडौँ – शुक्रबार स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । सोही परिमाणको तेजावी सुन आज शुक्रबार प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको थियो ।

बिहीवारको तुलनामा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको छ । हिजो चाँदीको मूल्य १३ सय ३५ रहेको थियो । आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १३ सय ३० कायम भइ कारोबार भइरहेको छ ।