Menu

बिल गेट्स दम्पतीद्वारा सम्बन्ध विच्छेदको घोषणा

 

एजेन्सी – माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन्।२७ वर्ष साथमा रहेपछि अब उनीहरुले वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् ।

आफूहरू सँगै बस्न नसक्ने अवस्था आएको भन्दै उनीहरूले सम्बन्ध विच्छेद गरी अलग हुने निर्णयमा पुगेको जानकारी संयुक्त रूपमा सामाजिक सञ्जालमार्फत दिएका हुन्।

सम्बन्ध विच्छेदको घोषणा गर्दै उनीहरुले भनेका छन्, ‘हामी दम्पतीका रुपमा अब हामीसँगै विकसित हुन सक्ने छौँ भन्ने विश्वास छैन ।’

दम्पतीले ट्वीटरमा लेखेका छन्, ‘राम्रो सोच विचार तथा सम्बन्ध सुधारका लागि धेरै काम गरेपछि हामी वैवाहिक सम्बन्ध अन्त्यको निर्णयमा पुगेका छौँ ।’

सन् १९८० को दशकमा मेलिन्डाले बिलको माइक्रोसफ्टमा काम थालेपछि उनीहरुको भेट भएको थियो । उनीहरुका तीन सन्तान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad