Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजको मौसम : हावाहुरीसहित केही ठाउँमा पानी पर्ने

Company Register

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि-मनसुन चलिरहेकाले शनिबार बेलुकीपख काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ।

Advertisement

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकाका केही स्थानमा पनि बेलुकीपख क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

उपत्यकाको न्युनतम तापक्रम आज विहान १२ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३१ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...