काठमाडौं – ‘सेभेन ११ म्युजिक फ्याक्ट्री’ले तयार गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘टपरीमा भात’ बोलको गीतमा ध्रुव बिस्को र एलिना चौहानको स्वर सुन्न सकिन्छ।

गीतमा नवराज शर्माले शब्द लेखेका छन् भने अनिल जोशीले संगीत दिएका छन्। गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका छन्।

डान्सीङ शैलीमा तयार भएको गीतको भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, स्मारिका-समारीका ढकालको फिचर छन्। भिडियोमा उनीहरुको दमदार नृत्य देख्न सकिन्छ।

माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल सेटअप एण्ड आर्ट्सको करियोग्राफी रहेको छ। उत्सव दाहालले खिचेको भिडियोलाई शीलन लम्सालले सम्पादन तथा कलर ग्रेडिङ गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू