काठमाडाैं –  चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने रामनवमी पर्व आज देशभर मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी रामनवमी पर्व मनाउने गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने गर्छ ।

यस अवसरमा देशका बिभिन्न राम जानकी मन्दिरहरुमा भक्तालुहरुको बाक्लो उपस्थिति हुने भएपनि कोरोनाका कारण भने मन्दिरहरुमा  उपस्थिति पातलो देखिन्छ ।