Comments Add Comment

कैलाली यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जना अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीस्थित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जना कर्मचारीलाई घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कार्यालय प्रमुख गम्भीरसिंह विष्ट, शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगर रहेका छन् । उनीहरुले सेवाग्राहीको गाडीको नामसारी चाँडो गराइदिने भन्दै  सेवाग्राहीसँग घुस मागेका थिए ।

नियन्त्रणमा लिने क्रममा अख्तियारको टोलीले कार्यायल प्रमुख विष्टबाट ९८ हजार, जोशीबाट ४९ हजार १ सय र कारीगरबाट १९ हजार रुपैयाँ बरामद गरेको छ । नियन्त्रणमा लिइएका कर्मचारीका बारेमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर