तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंले चालेका प्रत्येक पाईलामा अवरोध गर्न खोज्नेहरु कम हुने छैनन् , मानसिक अशान्ति होला, पृयजन बाटै धोका होला, आजको दिन भगवान शिवको आराधना गरे राम्रो हुनेछ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन तपाईंको लागि भाग्योदय लिएर आएको छ, सबैतिरबाट लाभ होला, नयाँ जिम्मेवारी थपिनसक्छ, परिवारमा नयाँ सदस्यको आशिर्वादले मन हर्षित रहला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईंलाई आजको दिन राज्यपक्षबाट साथ र सहयोग प्राप्त होला , सरकारी पद तथा पुरस्कार प्राप्त होला, आज नयाँ जोस , जागर र उमंगको संचार होला, भाबुक बन्ने दिन छ |

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईंलाई अनेक प्रकारका लाभ होला ,कुनै पनि रमणीय स्थानको भ्रमण तथा जल यात्रा होला, सुन चाँदी तथा रत्न रत्नादिबाट लाभ होला तथा धन,मान तथा यश प्राप्त होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन तपाईंलाई रोग तथा व्याधिले सताउला, खानपिनमा बिशेष ध्यान दिनुहोला, शत्रु पक्ष बलवान् हुनाले तपाईंको काममा अवरोध गर्लान् ,आजको दिन ॐ नम: शिवाय मन्त्र जप गरे राम्रो होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन कुनै पनि शैक्षिक गतिविधिमा प्रगति गरिएला, उपहार तथा पुरस्कार प्राप्त हुने समय आएकोछ, कुनै पनि रचनात्मक कार्य गर्नाले मन प्रसन्न रहला।