Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?

Company Register

काठमाडौँ–  आइतबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५ सय रुपैयाँले घटेको हो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार भएको थियो।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...