काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजारले घटेको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार २ सय रहेको थियो । आज सुनको मूल्यमा  प्रतितोला सुन ८८ हजार २ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य तोलामा ३० रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय ३५ रहेको थियो । भने आज चाँदीको मूल्यमा गिरावट आइ चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।