Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

Company Register

Advertisement

काठमाडौं – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ। सात महिनाअघि पृथ्वीबाट उडेको यो यानले झण्डै आधा अर्ब किलोमिटर दुरी पार गर्दै मंगल ग्रहमा अवतरण गरेको हो।

नेपाली समयानुसार गएराति साढे २ बजेतिर ‘पर्सिभिअरन्स रोभर’ नामक यानले मङ्गल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा रहेका नासाका वैज्ञानिकहरूले खुशी मनाएका थिए। त्यसको केही समयमै रोभरले कैद गरेका मंगल ग्रहका तस्विर सार्वजनिक गरिएको थियो।

यो सन् १९७० को दशकमा भाइकीङ मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकांक्षी परियोजना हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू जडान गरिएको समाचारमा उल्लेख छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...