काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ को पहाडी भु-भागमा आंशिक  बदलीको अवस्था रहेको छ र तराईका भु-भागमा हुस्सु् / कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो :  प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ ।

महाशाखाले देशको अधिकांश भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ।