काठमाडौं – बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा एक सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ घटेको हो । 

बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ६०० रुपैंयामा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले घटेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।