दक्षिण कोरियाका पूर्व राजदूत कमान सिङ लामाको मृत्यु भएको छ । नेपाल तामाङ घेदुङको केन्द्रीय सल्लाहकार र पूर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य समेत रहेका लामाको उपचारको क्रममा टिचिङ हस्पिटलमा मृत्यु भएको स्रोतले जानकारी दिएको छ । लामालाई केही दिन अगाडी कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखाएपछि उहाँ टिचिङ हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।