कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

अनलाइन पत्र संवाददाता२०७७ चैत्र १३ No Comments

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा शुक्रबार साँझ ८.२४ बजे निधन भएको हो।

गत फागुन १३ गते राति शरीरको देब्रेपट्टि समस्या देखिएलगत्तै उनलाई वीर अस्पताल लगिएको थियो। वीरबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएकोमा उनको उपचारका क्रममा निधन भएको हो।

नर्भिकमा जोशीको मस्तिष्कको शल्यक्रियासमेत भएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

https://www.facebook.com/PMSinghNC/posts/1896288600529999

Ad
Ad