मङ्सिर २८ गतेबाट मनकामना मन्दिरसँगै केबलकार खुल्ने

अनलाइन पत्र संवाददाता२०७७-०८-२४ No Comments

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द अवस्थामा रहेको गोरखाको मनकामना मन्दिर आगामी मङ्सिर २८ गतेदेखि खुल्ने भएको छ । मनकामना मन्दिरसँगै चैत ७ गतेदेखि बन्द गरिएको केबलकार पनि सोही दिन खुल्ने भएको छ । 

मंगलबार बसेको मनकामना क्षेत्र विकास समितिको बैठकले सुरक्षाको मापदण्ड अपनाएर पूजाआजा सुरु गर्ने निर्णय गरेको हो । समितिले एक कार्यविधि तयार पार्दै भक्तजनका लागि मन्दिर खुले पनि पञ्चबली, लाखबत्ती बाल्नेजस्ता ठूला पूजाआजा भने सुचारु नगर्ने जनाएको छ । 

दर्शनार्थीलाई प्रवेशद्वारमै ज्वरो नाप्नेलगायत स्वास्थ्य परीक्षणको व्यवस्था गरिने बताइएको छ । दर्शनार्थीले नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ । दर्शन गर्न आउने भक्तजनको व्यक्तिगत विवरण पनि सङ्कलन गरिनेछ ।

Ad
Ad