काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । मंगलबार १८ सयले घटेको सुनको मूल्य आज पनि तोलामा १ हजारले घटेको हो । 

मंगलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १ हजारले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।