Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चितवन घटनाले नेकपामा थप विवाद

Company Register

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ । घटनाको भर्त्सना गर्दै पार्टीका वरिष्ठ नेताहरुले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला शनिबार चितवनमा भएको घटनाले नेकपाभित्र थप चर्को ध्रुविकरणको खतरा बढाएको छ । मंसिर १३ मा सचिवालय बैठक बस्ने र त्यहाँ दुवै अध्यक्षका एक अर्कामाथि आरोपपूर्ण प्रस्तावमाथि छलफल हुने तयारी भइरहेका बेला चितवनमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका कार्यकर्ताले दुर्व्यवहार गरेपछि विवाद र ध्रुविकरणको खतरा बढाएको हो । नेकपाको पछिल्लो विवादमा ओली र दाहाल(नेपाल समूह विभाजित छ । ईकान्तिपुरबाट ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...