Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कुवेतमा अलपत्र परेका २७ नेपालीको उद्धार

Company Register

कोभिड–१९ का कारण विगत ८ महिनादेखि कुवेतस्थित अल राकिब बिल्डिङ जनरल कन्ट्र्याक्टिङ कम्पनीमा अलपत्र परेका २७ नेपालीहरुको उद्धार गरिएको छ । कुवेतस्थित नेपाली दूतावासले टिकटको व्यवस्था र स्वदेश फिर्तिको कानूनी पहलकदमी गरेर उनीहरुको उद्धार गरिएको गैर आवासीय नेपाली संघ आइसीसी कुवेतका सदस्य अमित चाम्लिङ राईले जानकारी दिए । दूतावास र सरोकारवालाहरुसँगको निरन्तर फलोअप र ४ महिनापछिको अथक प्रयासपछि उनीहरु फ्लाई दुबईको उडानमार्फत स्वदेश फर्किएको राईले बताए ।

Advertisement

कोरोनाको कारण देखाउदै कम्पनीले पारिश्रमिक नदिएपछि पीडित बनेका उनीहरुले कुवेतस्थित लेबरकोर्टमा उजुरी गरेका थिए । सोही उजुरी अनुसार कोर्टले कम्पनीका मालिक, नेपाली दूतावासका प्रतिनिधि र पीडित श्रमिकहरुलाई बोलाएर छलफल गरेका थियो । काठमाडौँस्थित एस आरके म्यानपावरबाट बाट जनही १ लाख ५० हजार बढी रकम तिरेर आफूहरु कुबेत पुगेको उनीहरुले बताएका छन् । कामबिहीन बनेर अलपत्र परेको उनीहरुलाई एनआरएनए कुवेत र विभिन्न संघ सस्थाले खाद्यान्न लगायतको राहत सामग्री उपलब्ध गराउँदै आएका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...